सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, अब एक तोला सुन किन्न १ लाख ३१ हजार ६०० तिर्नुपर्ने

Share:

काठमान्डौ/आज सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो।

 

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १२ हजार ८२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १२ हजार २२६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय १६ रुपैयाँ तोकेको छ ।

Share: