सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

101
0
Share:

काठमान्डौ/सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । सोमबार १ हजार ६०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले घटेको हो ।

 

मंगलबार छापावाला सुनको मूल्य१ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २५६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

Share: