उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Share:

काठमान्डौ/उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

 

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

Share: