
काठमान्डौ/चिसो मौसम सकिएर बिस्तारै गर्मी सुरु भएको छ। यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ। बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन । तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् ।
नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन। अर्को कुरा मौसम परिवर्तनसँगै हाम्रो खानपान र जीवनशैली पनि परिवर्तन हुन्छ । त्यसको प्रत्यक्ष असर छालामा पर्ने चिकित्सक बताउँछन्। गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन्।
गर्मी मौसममा धेरै पसिना आउँछ। यसरी पसिना अत्यधिक आउने हुँदा कीटाणुको सङ्क्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छन् ।
गर्मीमा आफ्नो छाला यसरी जोगाउनुहोस्
बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने ।
नुहाएपछि नरिवलको तेल लगाउने ।
अनुहार धोएपछि मोस्चराइजर लगाउने ।
हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मोस्चराइजर लगाउने । जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने ।
सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने ।
गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने ।
छालामा समस्या देखिए छाला रोग विशेषज्ञसँग परामर्श लिने ।
राति सुत्ने वेला मुख धोएर सधैँ मोस्चराइजर लगाउने ।
मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।
खानपानमा विशेष ध्यान दिने । माैसमी फलफूल खाने ।
पर्याप्त पानी पिउने ।
प्रयाप्त मात्रामा निदाउने ।