सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/साताको दोस्रो कारोबारको दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

त्यस्तै आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ८५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७०।५० रुपैया तोकेको छ।

Share: