सुनको मूल्यले राख्यो फेरि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

Share:

काठमान्डौ/सुनको मूल्य ऐतिहासिक बिन्दुमा कायम भएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो । यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

 

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: