महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन

Share:

काठमान्डौ/महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् । आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको हो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

संसदीय सुनुवाई समितिले अनुमोदन गरेसंगै उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ। संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ९ प्रमुख तथ्याङ्क अधिकारी ० थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

 

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो ।

Share: