गण्डकी प्रदेश सभाको बैठक आह्वान

120
0
Share:

काठमान्डौ/गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरेका हुन्।

 

वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले बैठक आह्वान गरेका हुन्।

Share: