
काठमान्डौ/दुई सचिवको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको हो । बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । हाल अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।
केही दिनअघि अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनले हिजो मात्रै हाजिर हुन प्रम कार्यालयमा निवेदन दिएका थिए ।