Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 376

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 398

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 416

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 420

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 447

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 459

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/nepalbaa/lekhanpeeth.com/wp-content/themes/the-rex/framework/ReduxFramework/ReduxCore/inc/extensions/customizer/extension_customizer.php on line 478
नौ महिनामा सत्र हजारकोे आँखाको शल्यक्रिया – Lekhanpeeth

नौ महिनामा सत्र हजारकोे आँखाको शल्यक्रिया

Share:

काठमान्डौ/कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार चार सय आठ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका पाँच हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिनुभयो । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् ।नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप तीन वटा आँखा अस्पताल, दुई वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीले भनाइ छ ।

 

अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेकोमा त्यसमध्ये ३० प्रतिशत भारतीय तथा शल्यक्रियाका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिनुभयो ।अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ ।गत आवमा सो अस्पतालबाट दुई लाख ७० हजार चार सय ९६ जनाले उपचार सेवा लिएकामा २४ हजार सात सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको जनाइएको छ ।

Share: