कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

98
0
Share:

काठमान्डौ/कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वास मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएका हुन् ।

 

आजको बैठकमा ३५ जना सहभागी सदस्य मध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको थियो भने उनको विपक्षमा १२ मत परेको थियो । यस्तै १ सदस्य तटस्थ बसेका थिए । एमालेका कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् ।

 

Share: