Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बझाङमा एमालेका दमन भण्डारी विजयी – Lekhanpeeth

बझाङमा एमालेका दमन भण्डारी विजयी

Share:

काठमान्डौ/बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

 

एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

 

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो  ।

 

Share: