Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल – Lekhanpeeth

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

161
0
Share:

काठमान्डौ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताउनुभयो ।

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि मजदुर वर्गको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएका समस्या समाधान हुन नसकेकाले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी ति समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि श्रमिक वर्गले विगतका गरेका सङ्घर्ष तथा पुर्याएका योगदानको सम्मान गर्न सकेमा मात्रै श्रमिक दिवसको महत्वलाई स्थापित गर्न सकिने पनि उहाँको भनाई छ ।

 

“नेपाली श्रमबजारमा रोजगारीको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक दिन करिब दुई हजार नेपाली मजदुरीका लागि विदेशिन बाध्य रहेका छन् । त्यसैले समाजवादका माध्यमबाट औद्योगिक विकास गरी उहाँहरूको आयआर्जनको सुरक्षा, उचित ज्याला एवम् पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित सामाजिक वातावरण सिर्जनामा जोड दिनुपर्ने आवश्यकता छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

त्यस्तै, श्रमिकको हक, अधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियन सङ्गठनलाई आवश्यक समन्वय र सहकार्य गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

Share: