सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/बिहीबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २ हजार रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँँमा कारोबार भएको थियो ।

 

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: