आज सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

92
0
Share:

काठमान्डौ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

 

मुख्यमन्त्री सोडारीले साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए । सोडारीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेको छ । तर, नेकपा एमालेले भने हालसम्म उनलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय लिन सकेको छैन ।

 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दासम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।

 

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ ।

Share: