एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य

150
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।

 

एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट उनीहरु केन्द्रीय समितिमा सर्वसम्मत मनोनित भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवमात्रै चयन गरेको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्बसम्मत चयन गरेको छ ।

 

अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ ।

Share: