
काठमान्डौ/आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो