
काठमान्डौ/साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।