विकल पौडेललाई १० दिन थुनामा राख्न अनुमति

Share:

काठमान्डौ/गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत माघ १० गते पक्राउ परेका विकल पौडेललाई थप १० दिन थुनामा राख्न अख्तियारले अनुमति पाएको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई थप अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुमति पाएको हो ।

 

पौडेल गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा गत माघ १० गते पक्राउ परेका थिए । आइतबार अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो । उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

Share: