Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से ९ अकंले घट्यो – Lekhanpeeth

नेप्से ९ अकंले घट्यो

209
0
Share:

काठमान्डौ/नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.५४ अङ्कको गिरावट देखिएको छ । बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा पुगेको छ ।

 

बुधबार तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ ।

 

उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह १.१६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह ०.८० र अन्य समूह ०.९४ प्रतिशतले घटेको छ ।

 

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको ११ करोड ८९ लाख ९५ हजार तीन सय ६४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी दुई लाख ४१ हजार आठ सय ९७ कित्ता शेयर किनबेच भएको छ ।

Share: