Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घट्यो पेट्रोल र डिजेलको मूल्य – Lekhanpeeth

घट्यो पेट्रोल र डिजेलको मूल्य

Share:

काठमान्डौ/नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

 

Share: