Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभा बैठक आज पनि बस्दै – Lekhanpeeth

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

248
0
Share:

काठमान्डौ/संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। हिजो(बिहीबार)को बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

 

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

 

सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै काँग्रेसले संसदमा अवरोध गर्दै आएको छ।

Share: