घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ४३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ४७।५ रुपैयाँ तोकेको छ ।

Share: