Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जेठ १४ गते बागमती सरकारको नीति तथा कार्यक्रम – Lekhanpeeth

जेठ १४ गते बागमती सरकारको नीति तथा कार्यक्रम

153
0
Share:

काठमान्डौ/बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज उक्त जानकारी दिएका हुन् ।

 

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।

 

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

Share: