सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

144
0
Share:

काठमान्डौ/आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज तेजावी सुनको भाउ पनि १२ सय रुपैयाँले नै घटेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको भाउ ५५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ५४० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १९ हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय १६ रुपैयाँ तोकेको छ ।

Share: