Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गर्मी मौसममा कस्तो खानेकुरा खाने ? – Lekhanpeeth

गर्मी मौसममा कस्तो खानेकुरा खाने ?

207
0
Share:

काठमान्डौ/गर्मी मौसम हिजो आज शुरुभएको हामीले महशुस गर्न सक्दछ । गर्मी हो या जाडो मौसम हामीले खानपानमा ध्यान दिन आवश्यक हुन्छ । मानिसका लागी खाना आधारभूत आवश्यकता हो । तर, धेरै जसो मानिसहरुले सन्तुलित खान नखादा स्वास्थ्यमा विभिन्न खालका समस्या आएको देख्न सक्दछौ । त्यसकारणले हामीले सन्तुलित भोजन गर्दा स्वास्थ्य पनि राम्रो हुने भएकाले कस्तो खाना खाने भन्ने विषयमा आज हामी चर्चा गर्दछौँ ।

 

पानी

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।

 

मकै

 

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

 

गोल्भेडा

 

त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ। गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला।

 

गाजर

 

त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।

 

खरबुजा

 

खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

 

काँक्रो

 

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

 

दही

 

यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।

 

पुदिना

 

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

 

के नखाने ?

 

चीया, कफी बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा जाँड रक्सी र सूर्तिजन्य पदार्थ तेलबाट बनेको खाने कुरा । गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म (Metabolism) बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ ।

 

माछा कम खाने

 

गर्मि मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।

 

जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत)/फास्ट फूड

 

एस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनु पर्छ ।

 

अन्डा कम खाने

 

गर्मि मौसममा अन्डा खानाले Salmonella इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

 

रातो मासु

 

रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ ।

 

गर्मी मौसममा बेलको जुस खादा हुने फाईदाहरु:

 

यस गर्मि मौसममा आफूलाई ताजा र स्वास्थ्य राख्नका लागि धेरै प्रकारका जुस र चिसो पेय पदार्थको सेवन गरिन्छ । यस्तोमा तपाई बेलको जुस पिउन सक्नुहुन्छ, तपाईको शरीरलाई अचुक फाइदा मिल्छ । बेलले स्वास्थ्यका साथै सौन्दर्यलाई निखारर्ने पनि काम गर्छ । आयुर्वेदमा बेललाई गुणको खानी बताएइन्छ । बेलबाट पाइने प्रोटिन, बिटा–क्यारोटिन, थायमिन, राइबोफ्लेभिन र भिटामिन सी निक्कै गुणकारी हुन्छ । जान्नुहोस् यसको फाइदाहरु

 

१. मुटुलाई स्वस्थ राख्दछ

 

बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।

 

२. कब्जियतको समस्या समाधान गर्दछ

 

नियमित रुपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।

 

३. कोलस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न मद्धत गर्दछ

 

४. पखाला नियन्त्रणमा लाभदायक हुन्छ बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।

 

५.शरीरलाई भित्रै देखि चिसो राख्दछ बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।

 

६. सुत्केरी महिलाको लागि लाभदायक मानिन्छ, सुत्केरी अवस्थामा बेलको जुस पिउने गर्नाले दूध उत्पादनमा सहायकसिद्ध हुन्छ ।

 

७. क्यान्सरबाट बचाउँछ, नियमित रुपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।

 

८. रगतलाई सफा गर्दछ बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

 

Share: