Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‍दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन – Lekhanpeeth

‍दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन

215
0
Share:

काठमान्डौ/सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कक्षा १ देखि ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।

 

अर्थमन्त्री पुनले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजा कार्यक्रमको रकममा वृद्धि गरिएको बताए । सात प्रदेशका एक-एक स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचेन स्थापना गरिने अर्थमन्त्री पुनले बताए ।

Share: