
काठमान्डौ/साताको पाँचौ कारोबारको दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।