Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गोदावरीको नगर अध्यक्षमा सन्तोष सिंह निर्वाचित – Lekhanpeeth

गोदावरीको नगर अध्यक्षमा सन्तोष सिंह निर्वाचित

180
0
Share:

काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सन्तोष सिंह निर्वाचित भएका छन्। गए राति सम्पन्न निर्वाचनमा सिंहले एक सय ६२ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी हरि फुलाराले एक सय ४० मत प्राप्त गरेका थिए ।

 

नगर उपाध्यक्षमा कीर्तबहादुर चन्द, सचिवमा विक्रम विष्ट, उपसचिवमा कृष्णा चौधरी र जयबहादुर विक निर्वाचित भएका छन् । निर्वाचनमा तीन सय पाँच मत खसेको थियो । अधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले गरेका थिए ।

 

Share: