तीनकुनेमा भएको आगलागीमा २ जना घाइते

82
0
Share:

काठमान्डौ/तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

 

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

 

जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘गु्रप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो ।

Share: