Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा – Lekhanpeeth

सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा

217
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौँले भन्यौँ। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।

 

लामिछानेको भिसाका लागि खेलकुद मन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

 

उनले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो । यसमा कमजोरी कहाँ रह्यो ? किन कमजोरी भयो ? खेलकुद मन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारको यसबारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

Share: