प्रधान न्यायाधीश श्रेष्ठ बङ्गलादेश प्रस्थान

104
0
Share:

काठमान्डौ/प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशका समकक्षी प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् ।

 

विमान बंगलादेशको उडानबाट ढाका प्रस्थान गरेका प्रधानन्यायाधीश श्रेष्ठसँग उनकी श्रीमती रोशनी अमात्य र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल सहभागी रहेको सर्वोच्च अदालले जनाएको छ ।

Share: