काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते

116
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने भएको हो ।

 

सूचनामा भनिएको छ- काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँरनगररजिल्ला सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५औं अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ ।

 

अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १:०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।

Share: