Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राप्तीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु – Lekhanpeeth

राप्तीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

183
0
Share:

काठमान्डौ/राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका-२, बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

 

शीतगंगा नगरपालिका-८, बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेलापरेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।

 

पुनको शव परीक्षणका निम्ति लमही अस्पताल राखिएको छ ।

Share: