
काठमान्डौ/सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो ।
साताको पहिलो कारोबार दिन आज सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।