Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध – Lekhanpeeth

पहिरोले मुग्लिन मलेखु खण्ड अवरुद्ध

Share:

काठमान्डौ/पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

 

सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् । अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

Share: