
काठमान्डौ/सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । हिजो सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ बढेको थियो ।
सोमबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ आइतबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।