
काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार (आज) सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।