Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित – Lekhanpeeth

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Share:

काठमान्डौ/प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ पारित गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

 

त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो र बहुमतले पारित गरेको थियो ।

 

निर्णयार्थ प्रस्तुत गर्नुअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । सो क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित् मन्त्रीले जवाफ दिएका थिए ।

Share: