Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक, २०८१ पारित – Lekhanpeeth

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक, २०८१ पारित

Share:

काठमान्डौे/प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

 

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

 

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

Share: