
काठमान्डौ/सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । आइतबार २०० रुपैयाँ बढेको सुनको भाउ सोमबार पुनः २०० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ ।