
काठमान्डौ/चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लयूएम)ले सन् २०२४ को ६ महिनामा साढे पाँच लाखभन्दा बढी गाडी बिक्री गरेको छ ।
विश्वबजार विस्तार गरिरहेको बताउने कम्पनीले यस वर्ष विदेशमा पाँच लाख बढी गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२२ मा वान जीडब्लयूएम ग्लोबल रणनीति सार्वजनिक गरेको थियो ।
गत जनवरीदेखि जुनसम्म अघिल्लो वर्षको तुलनामा ७.७९ प्रतिशत बढी पाँच लाख ५९ हजार ६६९ गाडी बिक्री भएको तथ्यांक कम्पनीले सार्वजनिक गरेको हो । यसमध्ये विदेशमा बिक्री भएका गाडीको संख्या दुई लाख एक हजार ५०० रहेको छ । जुन महिनामा मात्रै विदेशमा ३८ हजार १०४ गाडी बिक्री गरेको जीडब्ल्यूएमले जनाएको छ ।
जुन अघिल्लो वर्षको तुलनामा ६२.५९ प्रतिशतले बढी भएको कम्पनीको दाबी छ ।