
काठमान्डौ/नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।