एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिने

134
0
Share:

काठमान्डौ/केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

 

पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

 

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् ।

Share: