Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनचाँदीको मूल्य कति ? – Lekhanpeeth

शुक्रबार सुनचाँदीको मूल्य कति ?

188
0
Share:

काठमान्डौ/शुक्रबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १०० रुपैयाँले बढेको हो ।

 

शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७० रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: