सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

Share:

काठमान्डौ/सुनको मूल्य (आज) आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ । शुक्रबार १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: