Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो – Lekhanpeeth

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो

Share:

काठमान्डौ/वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ) को प्रक्रिया तत्कालका लागि रोकिएको छ।

 

संघीय संसद्को सार्वजनिक लेखा समितिले चासो राखेर रिलायन्सको आईपीओको विषयमा धितोपत्र बोर्डलाई असार २५ मा पत्र काटेपछि बोर्ड अध्यक्ष नरेन्द्रकुमार रानाले आईपीओको प्रक्रिया रोक्न निर्देशन दिएका छन्। “लेखा समितिले चासो राखेपछि आईपीओ तत्कालका लागि स्थगन गर्ने निष्कर्षको नजिक पुगेका छौं,” अध्यक्ष रानाले भने।

 

रिलायन्सले असार २७ मा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि एक लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्न लागेको थियो। धितोपत्र बोर्डले गत असार १२ गते रिलायन्सलाई आईपीओ निष्कासनको स्विस्कृति दिएको थियो। बुक बिल्डिङ विधिमार्फत अघि बढाइएको आईपीओका लागि प्रति कित्ता मूल्य ८२० रुपैयाँ ८० तोकिएको थियो।

 

रिलायन्सले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न अनुमति माग्ने क्रममा बोर्डमा पेश गरेको वित्तीय विवरणमा यो वर्ष प्रति शेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा हुने आकलन गरेको थियो। तर, चैत मसान्तसम्म यसको प्रति शेयर आम्दानी दुई रुपैयाँ आठ पैसामा खुम्चिएको छ। यसअघि यसको नेटवर्थ २५९ रुपैयाँ २३ पैसा रहेको देखाइए पनि यो यथार्थमा १७९ रुपैयाँ ४५ पैसामा ओर्लिएको छ।

Share: