Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युरोकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै – Lekhanpeeth

युरोकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

204
0
Share:

काठमान्डौ/विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ ।

 

प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।

 

युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । फाइनलमा स्थान पक्का गर्ने क्रममा स्पेनले आफूले खेलेको ६ वटै खेलमा जित हात पारेको छ ।

 

जारी युरोकपमा स्पेन आफूले खेलका सबै खेलमा जित हात पार्ने एक मात्र टोली पनि हो । इङ्ल्यान्डले भने चार खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ । पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिन्छ ।

Share: