फेरी सर्‍यो प्रतिनिधि सभाको बैठक

Share:

काठमान्डौ/सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

 

पूर्वनिर्धारित बैठक अपराह्न ४ बजेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

 

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले जनाएको छ ।

 

Share: