Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिद्या भट्टराई बनिन् शिक्षामन्त्री – Lekhanpeeth

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री

258
0
Share:

काठमान्डौ/कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

 

भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् ।

 

राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् ।

 

अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग बिवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईकी बहिनी हुन् ।

Share: